दफा २८
अनुसन्धान अधिकारीको अधिकार
(१) अनुसन्धान अधिकारीले यस परिच्छेद बमोजिम भ्रष्टाचार सम्बन्धी कसुरमा अनुसन्धान र तहकिकात गर्दा देहायको अधिकार प्रयोग गर्न सक्नेछः–
(क) सरकारी निकाय, सार्वजनिक संस्था, राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिको साथ रहेको सम्बद्ध कागजात, प्रमाणको लिखत वा अन्य कुनै कुरा आफू समक्ष पठाउन वा निश्चित समयभित्र पेश गर्न लगाउने,
(ख) भ्रष्टाचारको आरोप लागेको राष्ट्रसेवक, अन्य कुनै व्यक्ति वा सम्बद्ध तथ्यको जानकारी भएको भन्ने अनुसन्धान अधिकारीले सम्झेको व्यक्तिलाई उपस्थित गराई सोधपुछ गर्ने वा निजको बयान लिने,
(ग) भ्रष्टाचारको आरोप लागेको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिसंँग स्पष्टीकरण, सोधपुछ वा बयान लिइसकेपछि त्यस्तो व्यक्तिलाई आवश्यकता अनुसार खोजेको बखत हाजिर हुने कागज गराई छाड्ने वा तारेखमा राख्ने वा त्यस्तो राष्ट्रसेवक वा व्यक्ति फरार भै बेपत्ता हुनसक्छ भन्ने मनासिब कारण भएमा वा बिगो हानि नोक्सानी भएको देखिएमा निजसंग प्रचलित कानुनबमोजिम धरौटी वा जमानत मागी तारेखमा छोड्ने वा त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्ने,
(२) अनुसन्धान अधिकारीले निश्चित समय तोकी कुनै लिखत वा अन्य कुनै वस्तु पेश गर्न वा कुनै कुराको जानकारी दिन सम्बन्धित निकाय, राष्ट्रसेवक वा अन्य व्यक्तिलाई लेखी पठाएको वा कुनै राष्ट्रसेवक वा त्यस्तो व्यक्तिलाई उपस्थित हुन लेखी पठाएकोमा लेखी आए बमोजिम गर्नु पर्नेछ र नगरेमा देहाय बमोजिम हुनेछः –
(क) तोकिएको समयभित्र सम्बन्धित सरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो लिखत वा वस्तु पेश नगरेमा वा जानकारी नदिएमा अनुसन्धान अधिकारीले सम्बन्धित निकायको मुख्य पदाधिकारी उपर विभागीय कारवाही चलाउन सम्बन्धित सरकारी निकाय वा सार्वजनिक संस्थालाई लेखी पठाउन सक्नेछ र यसरी लेखी आएमा सम्बन्धित सरकारी निकाय वा सार्वजनिक संस्थाले तत्काल कारबाही चलाउनु पर्नेछ ।
(ख) तोकिएको समयभित्र सम्बन्धित राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले लिखत वा वस्तु पेश नगरेमा वा जानकारी नदिएमा वा उपस्थित नभएमा निजलाई अनुसन्धान अधिकारीले एक हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(ग) खण्ड (क) वा (ख) बमोजिम विभागीय कारबाही वा जरिबाना भएपछि पनि कुनै सरकारी निकाय, सार्वजनिक संस्था,
राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले अनुसन्धान अधिकारीले लेखी पठाए अनुसार नगरेमा सो निकाय वा संस्थाको मुख्य पदाधिकारी वा त्यस्तो राष्ट्रसेवक वा व्यक्तिलाई पक्राउ गरी उपस्थित गराउन पक्राउ पूर्जी जारी गरी निजबाट त्यस्तो लिखत वा वस्तु पेश गराउन वा निजबाट आवश्यक जानकारी लिन सक्नेछ । त्यसरी पक्राउ भएको निकाय वा संस्थाको मुख्य पदाधिकारी, राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले त्यस्तो लिखत वा वस्तु पेश नगरेमा वा तत्सम्बन्धी जानकारी नदिएमा निजलाई अनुसन्धान अधिकारीले सात दिनसम्म थुनामा राख्न आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अनुसन्धान अधिकारीले विभागीय कारबाही गर्न निर्देशन दिएको वा जरिबाना गर्ने निर्णय गरेकोमा सम्बन्धित निकायको मुख्य पदाधिकारी वा सम्बन्धित राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले सो पालन गर्न नसकेको मनासिब कारण उल्लेख गरी त्यस्तो कारबाही वा जरिबाना हुनु नपर्ने भनी निवेदन दिएमा र कारण सन्तोषजनक देखिएमा त्यस्तो निर्देशन वा जरिबानाको आदेश रद्द गर्न सकिनेछ ।
(४) प्रचलित कानुनबमोजिम कुनै ठाउँको तलासी लिने वा लिन लगाउने र त्यसरी तलासी लिंदा आवश्यक देखिएको कुनै वस्तु वा कागजात अनुसन्धान अधिकारीले आफ्नो कब्जामा लिन वा त्यस्तो कागजातको प्रतिलिपि लिन सक्नेछ । यसरी कब्जामा लिएको वस्तु वा कागजातको भरपाई सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।